के इजरायलमाथि आक्रमणको तयारीमा छ इरान ?
baahrakhari.com · Fri May 22 11:53:47 GMT 2026

काठमाडौं । अमेरिका र इरानको वार्ताबीच इजरायलमा भने तेहरानले आक्रमण गर्न सक्ने आशंका गरिएको छ । ‘जेरुसेलम पोस्ट’को एक रिपोर्टमा गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरिएको छ ।
यसबारे इजरायलका रक्षामन्त्री इजरायल काट्ज र वरिष्ठ सैन्य अधिकारीहरूले सुरक्षा अवस्थाबारे समीक्षा गरेका छन् । कूटनीतिक प्रयासहरू पूर्ण रूपमा असफल हुनुअघि नै इरानले आक्रमण गर्ने प्रयास गर्न सक्ने उनीहरूको विश्लेषण छ ।
अर्कोतर्फ, इरानको विषयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीच मतभेद रहेको खबर बाहिरिएको छ । यद्यपि, इजरायली र अमेरिकी सेनाले भने समन्वयमा काम गरिरहेका छन् ।
#इजरायल र इरान
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
डोनाल्ड ट्रम्प