सुशासनको अभावसँगै हुर्केको अराजकता
nepalviews.com · Mon Sep 07 06:32:36 GMT 2026

सुशासन, कानुनी राज्य र लोकतन्त्रको मेरुदण्ड हो । सुशासनले नै लोकतन्त्र र मानव अधिकार जस्ता विषयहरूलाई फल्न र फुल्नको लागि आधार भूमि प्रदान गर्छ । तर आज कानुनी शासनको विपरीत मानवअधिकार र लोकतन्त्रको आवरणमा हाम्रो समाज छाडा हुँदै अराजकता तर्फ उन्मुख भएको देखिन्छ । एकातर्फ देशमा दण्डहीनता र विधि विहीनता मौलाएको छ भने अर्कोतर्फ सत्य, न्याय, धर्म, विवेक र भाइचारा हराउँदै गएको अवस्था छ । यी र यस्तै परिवेशमा जिम्मेवार भनिएकाहरूबाट भए गरेका क्रियाकलापहरू पनि देश र जनताका लागि त्यति हितकर भने देखिएका छैनन् ।
यसै सन्दर्भमा महाभारत कालीन प्रसङ्ग उल्लेख गर्नु उपयुक्त हुन्छ, कुनै पनि राष्ट्रको मृत्युको कारण के हो ? भन्ने यक्षको प्रश्नमा युधिष्ठिरको उत्तर थियो अराजकता यसबाट स्पष्ट हुन्छ अराजकता कुनै पनि समाज र देशका लागि कति घातक हुन्छ । तर दुर्भाग्य सडक र सदन दुवैतिर अराजकहरूकै बाहुल्यता देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)