मुक्तिनाथ विकास बैंकद्वारा प्रहरीलाई आवश्यक सामग्री हस्तान्तरण
onlinekhabar.com · Mon Jun 15 07:22:08 GMT 2026

१ असार, काठमाडौं । मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयलाई आवश्यक सामग्रीहरु सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ ।
बैंकले जिल्ला प्रहरी कार्यालय घोराही, जिल्ला प्रहरी कार्यालय धादिङ, बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय काँकरभिट्टा लाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्री हस्तान्तरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ