मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘कर्णाली सरकारले फिल्मलाई १ करोड दिने सहमती भएको छ’: ज्ञानेन्द्र शाही

kalakarmi.com · Mon Jun 15 07:23:51 GMT 2026

काठमाडौं- ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नाराका साथ स्थापित कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणको विशेष आकर्षणको रूपमा रहेको ‘फिल्म स्टोरी बैंक’ प्रतियोगिताको आवेदन दिने समयसीमा थप गरिएको छ । प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको प्रमुख आतिथ्यता तथा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणा, राष्ट्रिय सभा सदस्य साबित्री मल्ल र पूर्व मन्त्री कुन्ती शाहीको विशेष आतिथ्यतामा काठमाडौंमा सम्पन्न एक विशेष कार्यक्रमका बीच परिमार्जित समय तालिका र विस्तृत नियमहरू सार्वजनिक गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले कर्णाली प्रदेश सरकारले नेपाली फिल्म छायांकनको लागि १ करोड बजेट छुट्याउने सहमति भएको जानकारी दिए । ‘हामीलाई कर्णाली प्रदेश सरकारले वाचा गर्नुभएको छ, यो वर्ष चलचित्रकै लागि भनेर १ करोड बजेट छुट्टाउने सहमति छ,’ उनले भने, ‘म सरकारलाई पुनः त्यो वाचा सम्झाउन चाहन्छु ।’ कर्णाली क्षेत्रका अनगिन्ती र मौलिक कथाहरूलाई सिने-पर्दामा उतार्न तथा स्थानीय लेखक, युवा र सर्जकहरूलाई चलचित्र लेखनमा प्रोत्साहन गर्ने उद्देश्यले यो नवप्रवर्तनात्मक कार्यक्रम अघि सारिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)

सम्बन्धित विषय