मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सपनालाई प्रधानन्यायाधीश बन्न नदिन कांग्रेस पनि बाधक !

barnanmedia.com · Sat Apr 18 21:58:09 GMT 2026

नेपालको वर्तमान राजनीतिक परिदृश्यमा न्यायपालिकाको भूमिका झनै संवेदनशील र निर्णायक बनेको छ । संसदमा शक्ति सन्तुलन कमजोर भएको अवस्थामा तथा सरकारमाथि नियन्त्रण र सन्तुलन कायम गर्ने संवैधानिक निकायहरू प्रभावहीन बन्दै गएको सन्दर्भमा बलियो, स्वतन्त्र र सक्षम न्यायालयको आवश्यकता थप टड्कारो बन्न पुगेको छ । यही पृष्ठभूमिमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अवरुद्ध हुनु गम्भीर चिन्ताको विषय हो ।

अहिलेको अवस्थालाई हेर्दा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै आन्तरिक निर्णयहीनतामा फसिरहेको छ । कांग्रेसले संसदीय दलको नेता चयन गर्न नसक्नु केवल पार्टीभित्रको कमजोरी मात्र होइन, यसले राष्ट्रिय स्तरमै संवैधानिक प्रक्रियालाई प्रभावित गरिरहेको छ । संवैधानिक परिषद्‌को बैठक बस्न नसक्नु र प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया रोकिनु यसको प्रत्यक्ष परिणाम हो । यस्तो अवस्थामा संसदको दोस्रो ठूलो दल कांग्रेसले जिम्मेवारीबाट पन्छिन मिल्दैन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)