वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन
barnanmedia.com · Sat Apr 18 22:48:51 GMT 2026

ललितपुर महानगरपालिका–१६ वडा कलाकार समितिले ७५औँ जन्मदिनका अवसरमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई नागरिक अभिनन्दन गर्ने भएको छ । वरिष्ठ कलाकार श्रेष्ठलाई पाटन दरबार क्षेत्रमा परम्परागत शैलीमा बाजागाजासहित स्वागत गरिने १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले बताउनुभएको हो ।
“नेवारी परम्परानुसार जन्मदिनको सगुन प्रदान गरिनेछ, कलाकार समितिले ‘ललितरत्न’ उपाधिसहित सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ, यस कार्यक्रममा ललितपुर तयारी पोशाक व्यापार सङ्घ, वाद्य शिरोमणि घराना, आरबी डायमन्ड ज्वेलरी, पाटन पर्यटन विकास संस्था, ज्योति म्युजिक, यल नेवाः समाज, मुनासः, शाक्य बज्राचार्य समाज, ताम्रकार समाज, ललितपुर हस्तकला सङ्घ, प्लेइग फर चैन्ज, डिलाइट स्कुल, नेपाल भाषा मंका खलः यल, मङ्गल टोल सुधार सङ्घ, थ्रीस्टार क्लब, ललितपुर उद्योग वाणिज्य सङ्घ, ललितपुर सुनचॉदी व्यवसायी सङ्घ, स्यस्यः समाज, प्रोजेक्ट बाजा नेपाल, भुल्खु टोल सुधार समितिलगायत २० भन्दा बढी सङ्घसंस्थाले सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)