मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ज्येष्ठ नागरिकलाई लठ्ठी

barnanmedia.com · Sat Apr 18 22:51:19 GMT 2026

तुलसीपुर उपमहानगरपालिका–१५ स्थित डबरी पिपलबोट टोलका ज्येष्ठ नागरिकलाई लठ्ठी र छाता प्रदान गरिएको छ । शनिबार कार्यक्रम गरी ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न सहज होस् भनी लठ्ठी सहयोग गरिएको हो ।

त्यसैगरी गर्मी र झरी छल्नका लागि छाता पनि प्रदान गरिएको टोलका अध्यक्ष सचिन पाण्डेले बताउनुभयो । “ज्येष्ठ नागरिकलाई हिँडडुल गर्नका लठ्ठी चाहिन्छ, त्यसको सहजताका लागि हामीले सहयोग गरेका हौँ” उहाँले भन्नुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)