गीत बज्छ स्रष्टा हराउँछन्
barnanmedia.com · Sat Apr 18 23:00:29 GMT 2026

गीत बज्ने तर त्यसका स्रष्टा ओझेलमा पर्ने प्रवृत्तिविरुद्ध पोखराबाट सशक्त आवाज उठेको छ । अब कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक÷गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।
पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत÷सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक÷गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा प्रस्तुत अवधारणापत्रमार्फत यस्तो माग अघि सारिएको हो । प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेर सात बुँदे अवधारणापत्र तयार पारिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)