मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागेश्वर सामुदायिक वन, योजना अभावमा ओझेलमा

barnanmedia.com · Sat Apr 18 23:03:26 GMT 2026

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन, जहाँ बिहानको सुरुआत चराचुरुङ्गीको मधुर स्वरबाट हुन्छ । खुला मैदानमा निलगाई र चितल निस्फिक्री चरिरहेका देखिन्छन् । कहिलेकाहीँ मयूरको नृत्यले वातावरण झन् रमाइलो बनाइदिन्छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँगै जोडिएको यो वन क्षेत्र प्रकृतिको अनुपम सौन्दर्यले भरिपूर्ण छ । यति धेरै सम्भावना हुँदाहुँदै पनि स्पष्ट योजना, पूर्वाधार र लगानीको अभावमा यो क्षेत्र ओझेलमा परेको छ ।

करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वन प्राकृतिक स्रोत, जैविक विविधता र सांस्कृतिक सम्पदाले समृद्ध छ । साल, सिसम, खयर, असनाजस्ता बहुमूल्य वनस्पतिले ढाकिएको यो वन चित्तल, निलगाई, मयूर, वनकुखुरा, बाँदरजस्ता वन्यजन्तुको सुरक्षित बासस्थानका रूपमा रहेको छ । स्थानीयका उपभोक्ताका अनुसार सामुदायिक वनमा कहिलेकाहीँ चितुवा र पाटेबाघ पनि देखापर्ने गर्दछन् । जसले वनको जैविक महत्वलाई अझ उच्च बनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)