खोटाङ र उदयपुरमा भारी वर्षा
barnanmedia.com · Sat Apr 18 23:10:12 GMT 2026

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा शनिबार पनि देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा भने १२ घण्टामै भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलिमिटर र उदयपुरको गढीमा ४९.६ मिलिमिटर वर्षा भएको छ । अन्य विभिन्न ३५ जिल्लाहरूमा पनि वर्षा भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)