हिउँदमा पशु आहारा बढाउन घाँसको बीउ वितरण
barnanmedia.com · Sat Nov 30 22:33:26 GMT 2024

काठमाडौं,१५ मंसिर : झापाको भद्रपुर नगरपालिकाले सुक्खा समयमा पशु आहाराका लागि हिउँदे जैँ घाँसको बीउ वितरण गरेको छ । किसानको ५० प्रतिशत लागत साझेदारीमा घाँसको बीउ वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
भद्रपुर नगरपालिका पशु सेवा शाखाका प्रमुख रोहितकुमार कार्कीका अनुसार किसानको मागअनुसार औसतमा पाँच किलो बीउ वितरण गरिएको हो । हालसम्म २५ क्विन्टल बीउ वितरण भइसकेको र १५ क्विन्टल बीउ वितरणको क्रममा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)