मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

एक हजार बालबालिकाको स्वास्थ्य परीक्षण

barnanmedia.com · Sat Nov 30 22:38:27 GMT 2024

काठमाडौं,१५ मंसिर : चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सपना भिलेज सोसल इम्प्याक्टले इच्छाकामना गाउँपालिका, कालिका र रत्ननगर नगरपालिकाका एक हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको हो । भरतपुर अस्पतालसँगको सहकार्यमा इम्प्याक्टले ६ दिने निःशुल्क बाल स्वास्थ्य शिविर आयोजना गरेको थियो । शिविरको पहिलो दिन कालिका–१० निबुवाटारमा दुई सय २५, दोसो दिन वडा नं ११ रन्तेशमा एक सय ७५, तेस्रो र चौथो दिन इच्छाकामना–१ भाराङमा तीन सय ६९, पाँचौँ दिन हात्तीवाङमा एक सय ९१ र छैटौँ दिन सौराहास्थित सपना स्कुलमा ७० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको इम्प्याक्टका कार्यक्रम निर्देशक सुजन बस्नेतले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)