यार्सा उत्पादनमा गिरावट आयो, धेरै घरमा भोकमरीको चिन्ता बढेको छ : सांसद बुढा
baahrakhari.com · Mon Jun 15 07:38:18 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तीव्र गिरावटले हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् । सोमबार (असार १) प्रतिनिधिसभा बैठकमा उनले यार्सागुम्बा उत्पादनमा ६० प्रतिशत गिरावट आएको बताएका हुन् ।
सरकारले तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापनमा ध्यान दिन उनले माग गरे । डोल्पासहित १२ हिमाली जिल्लाका हजारौँ परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)