कुमारी बैङ्कद्वारा इलाममा वृक्षारोपण कार्यक्रम
hamrakura.com · Fri Jun 05 00:00:00 GMT 2026
काठमाडौँ। विश्व वातावरण दिवस २०२६ को अवसर पारेर कुमारी बैङ्क लिमिटेडले इलाम जिल्लामा ३०० वटा बिरुवा रोपेको छ। बैङ्कको फिक्कल शाखा मार्फत इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँग सहकार्य गरी इलाम नगरपालिकाको स्वामित्वमा रहेको चिया बगान क्षेत्रभित्र वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको हो।
उक्त वृक्षारोपण कार्यक्रमले भविष्यमा प्राकृतिक सन्तुलन संरक्षण, हरियाली प्रवर्द्धन तथा वातावरणीय सुधारमा टेवा पुर्याउने, जैविक विविधताको संरक्षण र जलवायु परिवर्तनप्रति उत्तरदायित्वपूर्ण कदमका रूपमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, हरियाली विस्तारसँगै इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि भई भविष्यमा दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)