मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मुख्यमन्त्री कृष्णप्रसाद यादवले दोस्रोपटक पाए विश्वासको मत

nagariknews.nagariknetwork.com · Fri May 22 12:06:02 GMT 2026

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जनमत पार्टीले समर्थन फिर्ता लिएपछि शुक्रबार मुख्यमन्त्री यादवले विश्वासका मत लिन प्रदेशसभामा प्रस्ताव गरेका थिए ।

कांग्रेस नेतृत्वका मुख्यमन्त्री यादवलाई नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री यादवले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा ६२ र विपक्षमा ३८ मत परेको छ । शुक्रबारको प्रदेश सभामा एक सय सांसदको उपस्तिथि रहेको थियो ।

सरकारमा सहभागी रहेका दल जनता समाजवादी पार्टी (जसपा) नेपालका मन्त्रीहरुलाई मुख्यमन्त्री यादवले बिहीबार जिम्मेवारीविहीन बनाएपछि जसपका सांसदहरूले विपक्षमा उभिएका छन् ।

जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि विपक्षमा मत राखेका छन् ।

Follow @nagarik_news

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)

सम्बन्धित विषय