झुक्किएर मोबाइलमा २५ हजार रुपैयाँसम्म टपअप
ekantipur.com · Fri Apr 26 16:59:51 UTC 2024

काठमाडौँ — मोबाइलमा रिचार्ज गरेपछि त्यो ग्राहकको मेन ब्यालेन्सका रूपमा जम्मा हुने र रिचार्ज गर्नासाथ अपरेटरको बिलिङ प्रणालीबाट रिचार्जबापत सरकारलाई बुझाउनुपर्ने कर स्वतः काटिने भएकाले रकम फिर्ता गर्न नमिल्ने कम्पनीहरूको भनाइ
पछिल्लो समय डिजिटल भुक्तानी सहज भएयता सीतापाइलाकी रश्मि थापाले नगद बोक्न छोडेकी छन् । तर अनलाइनबाटै पैसा तिर्दा कहिलेकाहीँ अनौठा समस्या आइपरेको उनको अनुभव छ । अघिल्लो महिना दुई सिलिन्डर खाना पकाउने ग्यास घर ल्याएपछि उनले पसले साहुजीको मोबाइल वालेटमा ४ हजार रुपैयाँ पठाइदिइन्, उनको खाताबाट तुरुन्तै पैसा काटियो । वालेटबाट एकाबिहानै पठाएको पैसा साँझसम्म पनि साहुजीको खातामा जम्मा भएन । भोलिपल्ट दिउँसो वालेट कम्पनीमा फोन गरेर साफ थर्काइन् । कुरा बुझ्दै जाँदा के पत्ता लाग्यो भने वालेट टपअप (वालेट खातामा रकम जम्मा गर्नु) को सट्टा उनले साहुजीको मोबाइलमा टपअप (ब्यालेन्स रिचार्ज) गरिदिइछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)