मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री लम्सालको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन होइन : ज्ञानेन्द्र शाही

nepalpress.com · Mon Jun 15 07:43:25 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले लापरबाही गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिएको बताएका छन् ।

सडक अनुगमनमा क्रममा मन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्दिनू भन्ने अभिव्यक्ति दिएका थिए। मन्त्री लम्सालको अभिव्यक्तिको चर्को विरोध भइरहेको छ।

त्यसबारे शाहीले भनेका छन्, ‘भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले ‘खुट्टा भाँच्ने’ अभिव्यक्ति दिएको भन्दै केहीले विरोध गरिरहेका छन् । तर मेरो बुझाइमा उक्त अभिव्यक्तिको आशय हिंसा प्रवर्द्धन गर्नु होइन, कानून मिच्ने, लापरबाही गर्ने र जनताको काममा बेवास्ता गर्ने प्रवृत्तिविरुद्ध कडा सन्देश दिनु हो ।’

जनताको सेवामा बसेर आफ्नो जिम्मेवारी पूरा नगर्ने, काममा ढिलासुस्ती गर्ने र राज्यको प्रणालीलाई कमजोर बनाउनेहरूलाई कानुनी दायरामा ल्याई कडा कारबाही गरिनुपर्ने बताए ।

उनले थपेका छन्, ‘जनताले परिणाम चाहेका छन्, बहाना होइन । अनुशासन, जबाफदेहिता र परिणाममुखी कार्यसंस्कृति स्थापित नगरी सुशासन सम्भव हुँदैन र देशले अपेक्षित गति लिन सक्दैन। जिम्मेवारीबाट भाग्नेहरूलाई संरक्षण होइन, कानुनअनुसार उत्तरदायी बनाउने समय आएको छ।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)

सम्बन्धित विषय