मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

भ्रामक एसएमएसप्रति सतर्क रहन नेपाल टेलिकमको अनुरोध

arthadabali.com · Mon Jun 15 07:50:44 GMT 2026

काठमाडौँ / नेपाल टेलिकमले आफ्नै एसएमएस सेवाको दुरुपयोग गरी बैंक तथा डिजिटल भुक्तानी सेवाका नाममा भ्रामक (फ्रड) एसएमएस पठाउने गतिविधि बढेको भन्दै ग्राहकलाई सतर्क रहन अनुरोध गरेको छ।

कम्पनीका अनुसार कनेक्ट आइपिएसलगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाम प्रयोग गरी खाता निलम्बन, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको जस्ता झुटा सन्देश पठाइ ग्राहकलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरिएको पाइएको छ।

नेपाल टेलिकमले यस्ता एसएमएस, फोन कल तथा शंकास्पद लिंकप्रति सचेत रहन आग्रह गर्दै कुनै पनि लिंकमा क्लिक गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट वा मोबाइल एपमार्फत जानकारी प्रमाणित गर्न सुझाव दिएको छ।

त्यस्तै, आटिपी, पासवर्ड, पिन, सिभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्न र बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी कामका लागि केवल आधिकारिक माध्यम मात्र प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ।

शंकास्पद एसएमएस वा कल प्राप्त भएमा सम्बन्धित संस्था वा सेवा प्रदायकलाई तत्काल जानकारी गराउन समेत नेपाल टेलिकमले आग्रह गरेको छ।

ग्राहकको सुरक्षा आफ्नो प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै कम्पनीले यस्ता भ्रामक गतिविधिबाट बच्न सबै ग्राहकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित विषय:

# नेपाल टेलिकम

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)