सभापति लामिछानेविरुद्धका दुई अभियोग फिर्ता
gorkhapatraonline.com · Fri May 22 12:46:17 GMT 2026

कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने समेतको प्रतिवादीको अभियोगपत्र संशोधन गर्न शुक्रबार अनुमति दिएको छ ।
न्यायाधीश हिमलाल बेल्बासेको इजलासले सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाइ सहकारी ठगी अभियोगमा मात्र मुद्दा निरन्तरता दिन आदेश दिएको हो । सरकारी वकिल कार्यालय कास्कीले अभियोगपत्र संशोधन गर्न माग गर्दै अदालतमा निवेदन दिएको थियो । जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर किसानले लामिछानेसहित प्रतिवादी रहेको मुद्दामा अभियोगपत्र संशोधन गर्न अदालतले आदेश दिएको जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)