मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंक प्राप्ति गर्ने
ratopati.com · Mon Sep 07 07:37:03 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने भएको छ। यसका लागि तीनवटै संस्थाबीच प्रारम्भिक सम्झौता भएको छ।
मुक्तिनाथ विकास बैंकका अनुसार प्राप्ति प्रक्रियासम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा तीनवटै संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्। वित्तीय क्षेत्रलाई थप सुदृढ बनाउने, संस्थागत क्षमता अभिवृद्धि गर्ने, व्यवसाय विस्तार गर्ने तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)