‘मेड इन मधेस, समृद्ध प्रदेश’मा मधेस सरकारको जोड
ratopati.com · Mon Jun 15 08:27:55 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष (२०८३/०८४) को बजेटमा उत्पादन र रोजगारी वृद्धि, मानव विकास र सामाजिक न्यायलाई प्राथमिकतामा राखेको छ ।
प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले सोमबार प्रदेश सभा बैठकमा पेस गरेको बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले दिगो पूर्वाधार र वातावरणीय सन्तुलन तथा सुशासन र पारदर्शी सेवालाई बजेटका थप उद्देश्यका रूपमा अघि सारिएको जनाएका छन् ।
बजेटका प्राथमिकतामा कृषि क्षेत्रको रुपान्तरण, नवप्रवर्तन र उद्यमशीलता, गुणस्तरीय शिक्षा र प्राविधिक सिप, सर्वसुलभ र विशिष्टिकृत स्वास्थ्य सेवा, रणनीतिक र पुरा नभएका आयोजनालाई राखिएको पनि प्रदेशका अर्थमन्त्री भट्टराईले प्रस्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)