भोटेकोशी बाढीले एनआईसी एसिया बैंकका तीन शाखा बगायो, कर्मचारी सुरक्षित
aarthiknews.com

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीले एनआईसी एसिया बैंकका रसुवा र नुवाकोटस्थित तीन शाखा कार्यालयमा पूर्ण क्षति पुर्याएको छ। बैंकका अनुसार ती शाखामा कार्यरत सबै कर्मचारी भने सुरक्षित स्थानमा छन्।
बाढीले रसुवाको स्याफ्रुबेंसी शाखा र नुवाकोटको बेत्रावती शाखा रहेको भवन नै बगाएको छ। त्यस्तै, त्रिशूली शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएर माटोले पुरिएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)