चौधरीको मुद्दामा सर्वोच्चको फैसला : बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राख्नू (पूर्णपाठ)
baahrakhari.com · Tue Jun 17 17:42:16 GMT 2025

काठमाडौं । सर्वोच्च अदालतले बालबालिकाको सर्वोत्तम हितलाई ध्यानमा राखी संरक्षण गर्न परमादेश जारी गरेको छ । लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माको घरबाट महानगरपालिकाले उद्धार गरेकी उर्मिला चौधरीको हकमा उनका बाबु कालीचरण चौधरीले पेस गरेको रिटको गत वर्ष असार २८ मा भएको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक भएको हो ।
पूर्णपाठमा बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकतामा राखी संरक्षण दिन परमादेश जारी भएको छ । काठमाडौं महानगरपालिकाको संरक्षणमा गम्भीर वैधानिक प्रश्न उठाएको सर्वोच्च अदालतले बालिकाको इच्छालाई प्राथमिकतामा राखे बाबुआमासँगको भेट सुनिश्चित गर्दै बाबुआमाकै सहमतिमा संरक्षण दिन महानगरपालिकालाई आदेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)