बाराको त्रिवेणी स्पेनिङ उद्योगमा आगलागी, १८० टन कपास जलेर नष्ट
annapurnapost.com · Fri Jun 05 08:43:35 GMT 2026

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका -९ छातापिपरास्थित त्रिवेणी स्पेनिङ मिल्स उद्योगको कपास गोदाममा शुक्रबार आगलागी हुँदा १८० टन कपाससहित करोडौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
उद्योग परिसरभित्र रहेको कपास गोदाममा विद्युत सर्ट भई बिहान साढे १० बजेतिर आगलागी भएको हो। करिब दुई घण्टाको प्रयासपछि दिउँसो १२:३० बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)