मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रतिनिधिसभाः सार्वजनिक शिक्षा सुधारका लागि बजेट बढाउन माग

ajakoartha.com · Mon Jun 15 08:39:00 GMT 2026

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षा क्षेत्रको बजेट बढाउन माग गरेका छन् । बैठकमा ‘विनियोजन विधेयक, २०८३’ माथिको छलफलमा भाग लिँदै सांसदहरूले सार्वजनिक विद्यालयमा किन विद्यार्थी कम भए भन्ने प्रश्नको उत्तर खोज्दै ती विद्यालयका शौचालय, प्रयोगशालालगायत पूर्वाधारको उचित प्रबन्ध गर्न आग्रह गरे ।

सांसद नरेन्द्रकुमार केरुङले शिक्षा तथा खेलकुद मन्त्रालयका लागि विनियोजित बजेट अपुग हुने भन्दै सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षक र प्रारम्भिक बालविकास शिक्षकका लागि तोकिएको सुविधा बढाउन आग्रह गरेका छन् । सांसद रमेशकुमार मल्लले भूकम्पप्रतिरोधी विद्यालय भवन, विद्यालय शौचालय आदिमा बजेट नदेखिएको भन्दै सरकारको नीति तथा कार्यक्रम र बजेटका बीच तालमेल नभएको टिप्पणी गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)