कोलकाताविरुद्ध पञ्जाबको कीर्तिमानी जित, २६२ रनको लक्ष्य ८ बलअगावै पूरा गर्यो
farakdhar.com · Fri Apr 26 17:55:36 UTC 2024
भारतमा जारी इण्डियन प्रिमियर लिग (आइीपएल) २०२४ मा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । शुक्रबार राति सम्पन्न खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पञ्जाबले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
योसँगै पञ्जाबले टी–२० क्रिकेट इतिहासमा विशाल लक्ष्य पूरा गर्ने रेकर्ड बनायो । यसअघि यो फर्म्याटमा उच्च स्कोरको लक्ष्य पूरा गर्ने रेकर्ड दक्षिण अफ्रिकाको नाममा थियो । उसले सन् २०२३ मा वेस्ट इण्डिजले दिएको २ सय ५९ रनको लक्ष्य पूरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)