मधेश सरकारको मुख्यमन्त्रीलाई विश्वासको मत
gorkhapatraonline.com · Fri May 22 13:16:22 GMT 2026

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार मधेश प्रदेशसभाबाट विश्वासको प्राप्त गर्नुभएको छ । मधेश प्रदेशमा सत्ता समिकरण फेरिएपछि मुख्यमन्त्री यादवले आज नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनका लागि प्रदेशसभामा पेश गर्नु भएको थियो ।
उक्त प्रस्तावमाथिको दलगत छलफल पश्चात सभामुख रामअशिष यादवले निर्णयार्थ पेश गर्दा प्रस्तावको पक्षमा ६२ मत र विपक्षमा ३६ मत प्राप्त भएको थियो । मुख्यमन्त्री यादवको पक्षमा परेका ६२ मत प्रदेशसभामा हाल कायम रहेको प्रदेश सभा सदस्यको संख्या १०३ को बहुमत रहेकाले सभामुख यादवले मुख्यमन्त्री यादवले मधेश प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मधेस प्रदेश