भुवनलाई सूर्य नेपाल च्यालेन्जको उपाधि
baahrakhari.com · Fri May 22 13:13:31 GMT 2026
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि भुवन नगरकोटीले जितेका छन् । शुक्रबार इभन–पार ६८ खेल्दै समग्रमा ११–अन्डर २६१ सहित दिनेश प्रजापति र एमेच्योर राहुल विश्वकर्मालाई दुई स्ट्रोकले हराउँदै सिजनको चौथो र करियरको १५औँ उपाधि हात पारे । उपाधिसँगै भुवनले एक लाख ३० हजार नगद हात पारे ।
एमेच्योर राहुल र प्रो दिनेशले आज समान ४–अन्डर ६४ सहित समग्रमा ९–अन्डर २६३ को स्कोरमा संयुक्त रूपमा दोस्रो स्थानमा रहे । दोस्रो भएका दिनेशले ९० हजार जिते । शुक्रबहादुर राईले इभन–पार ६८ मा अन्तिम दिनको खेल सकाउँदा समग्रमा ८–अन्डर २६४ सहित चौथो भए । उनले ७० हजार प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)