आशिष बिष्टले बनाउनुभयो सात विधामा विश्व कीर्तिमान
gorkhapatraonline.com · Fri May 22 13:22:15 GMT 2026

काठमाडौँ, जेठ ९ गते । डा. आशिष बिष्टले शैक्षिक क्षेत्रमा सात वटा विश्व कीर्तिमान राख्नुभएको छ । अस्ट्रेलियाको पर्थमा बसोबास गर्दै आउनुभएका डा. बिष्टलाई लन्डनको 'वर्ल्ड बुक अफ रेकर्ड्स' ले स्नातकोत्तर तहमा सात विश्व कीर्तिमानका लागि आधिकारिक मान्यता प्रदान गरेको हो ।
उहाँलाई विश्वकै सबैभन्दा धेरै पुरस्कृत चार्टर्ड एकाउन्टेन्ट र विश्वकै सबैभन्दा उच्च शैक्षिक योग्यता भएका ज्योतिषीको मान्यतासमेत प्राप्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)