हुलाकमार्फत सेवाग्राहीका घरघरमा राहदानी पुर्याइने
gorkhapatraonline.com · Fri May 22 13:21:45 GMT 2026

राहदानी प्राप्त गर्न आवेदन दिएका सेवाग्राहीले अब हुलाकबाट सेवा प्राप्त गर्ने भएका छन् । हुलाकबाटै राहदानी सेवाग्राहिका घरसम्म वितरण गर्न जिल्ला प्रशासन कार्यालय पाँचथर र जिल्ला हुलाक कार्यालयबिच समझदारी भएको हो ।
जिल्ला हुलाक कार्यालय पाँचथर निमित्त प्रमुख दुर्गबहादुर सम्वाहाम्फेले सार्वजनिक सूचना जारी गर्दै अब व्यक्तिगत गोपनियता र कागजातकुरक्षा सहित आवेदकका घरैमा लगेर वितरण गर्ने जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)