पार्टीभित्र वैचारिक बहस आवश्यक : अध्यक्ष नेपाल
lokaantar.com
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताएका छन् ।
अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पु-याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताए । पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने उल्लेख गर्दै उनले भने, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने र विधानलाई बलियो बनाउने काम गरेका छौँ ।”
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)