सुशासनको अभावसँगै हुर्केको अराजकता
hamrakura.com · Mon Sep 07 00:00:00 GMT 2026

सुशासन कानूनी राज्य र लोकतन्त्रको मेरुदण्ड हो। सुशासनले नै लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायजस्ता विषयलाई फल्ने-फुल्ने आधारभूमि प्रदान गर्छ। तर आज कानूनी शासनको विपरीत मानव अधिकार र लोकतन्त्रको आवरणमा हाम्रो समाज छाडा र अराजकताउन्मुख बन्दै गएको देखिन्छ।
एकातर्फ देशमा दण्डहीनता र विधिविहीनता मौलाएको छ भने अर्कोतर्फ सत्य, न्याय, धर्म, विवेक र भाइचारा हराउँदै गएको अवस्था छ। यस्तो परिवेशमा जिम्मेवार भनिएका व्यक्तिहरूबाट हुने क्रियाकलाप पनि देश र जनताका लागि त्यति हितकर देखिएका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)