प्रतिनिधिसभाः सांसदद्वारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान
barnanmedia.com · Mon Jun 15 08:46:53 GMT 2026

काठमाण्डु- सांसदहरुले हात्तीको आक्रमण, चिया निर्यातमा भएको अवरोध, साइबर सुरक्षालगायतका विषय उठान गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले सीमा विवाद, वैदेशिक रोजगारी, जलवायु परिवर्तन, यार्सागुम्बा संरक्षणलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।
सांसद नरेन्द्रकुमार केरुङले पूर्वी नेपालबाट भारत निर्यात हुँदै आएको चियामा भारतीय पक्षले अवरोध गर्दा चिया उद्योगहरू संकटमा परेको बताए । “चिया उद्योग बन्द हुने अवस्था आउँदा श्रमिकले रोजगारी गुमाउनाका साथै उत्पादित चिया खेर जाने स्थिति सृजना भएको छ,” उनले भने “चिया निर्यात समस्याको दीर्घकालीन समाधानका लागि कूटनीतिक पहल तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)