मधेस बजेट : उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रमा दुई अर्ब ४४ करोड विनियोजन
baahrakhari.com · Mon Jun 15 08:53:22 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेटमा उद्योग, वाणिज्य तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका निम्ति दुई अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
सोमबार (असार १) मधेस प्रदेशसभामा अर्थमन्त्री युवराज भट्टराईले बजेट प्रस्तुत गर्दै उद्योग तथा पर्यटन क्षेत्रमा विशेष ‘प्याकेज’सहितको योजना समावेश गरिएको बताए ।
एकैदिनमा उद्योग दर्ता, प्रदेशका विशिष्ट उत्पादनको ‘ब्रान्डिङ’, मधेस ट्रेड हब निर्माण तथा बजार सुनिश्चित गर्ने योजना कडाइसाथ लागु गर्ने योजना अर्थमन्त्री भट्टराईले प्रस्तुत गरे ।
यस्तै, औद्योगिक करिडोर बनाउने, सीमापार कारोबार बढाउने र पर्यटन वृद्धि गर्ने अवधारणा अघि सारिएको छ । वैदेशिक रोजगारीबाट ज्ञान, सीप र अनुभव लिएर फर्केका युवालाई विशेष कर्जा र सहुलित उपलब्ध गराउने मधेस सरकारको योजना छ ।
#बजेट
#मधेस प्रदेश
#युवराज भट्टराई
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)