‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनसहित पुनः सञ्चालनमा
gorkhapatraonline.com · Fri May 22 13:29:30 GMT 2026

हात्तीसारस्थित ऐतिहासिक चलचित्र प्रदर्शन स्थल ‘जय नेपाल सिनेमाज’ नयाँ व्यवस्थापनका साथ पुनः सञ्चालनमा आएको छ । विक्रम संवत २००९ मा स्थापना भई नेपाली चलचित्र इतिहासको जीवन्त साक्षी बनेको यो हल कोरोना महामारीका कारण शिथिल बन्दै वि.सं. २०७८ मा पूर्ण रूपमा बन्द हुन पुगेको थियो । हाल 'बज इन्टरटेनमेन्ट' को नयाँ व्यवस्थापनले यसलाई आधुनिक र आकर्षक शैलीमा पुनर्जीवित गरेको हो ।
दशकौँसम्म काठमाडौँको चलचित्र संस्कृतिको मुख्य खम्बाका रूपमा रहेको जय नेपाल सिनेमाज क्युएफएक्स ब्रान्डको सुरुआत विन्दु मात्र नभएर विगतमा राजपरिवार र दिग्गज कलाकारहरूको समेत मनपर्ने केन्द्र थियो । लामो समयको अन्तरालपछि हल पुनः सञ्चालनमा आउँदा नयाँ पुस्ता (विशेष गरी १८ देखि ३० वर्ष उमेर समूह) का दर्शकले आधुनिक मल्टिप्लेक्सभन्दा फरक, एउटा ऐतिहासिक विरासत बोकेको हलमा चलचित्र हेर्ने दुर्लभ मौका पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)