प्रियतावाद र अराजकतावादी यथास्थितिका पक्षपोषक हुन् : महासचिव पोखरेल
onlinekhabar.com · Mon Jun 15 08:54:34 GMT 2026

१ असार, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम(प्रियतावाद) र एनार्कीजम(अराजकतावाद) यथास्थितिका पक्षपोषक रहेको टिप्पणी गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘पपुलिजम र एनार्कीजमले के गर्छ भन्दाखेरी तत्कालको मुद्दाहरुमा आफूलाई केन्द्रित गर्छ । समाजलाई यथास्थितिमै राखिराख्ने कुराको पैरवी गर्छ,’ महासचिव पोखरेलले भने, ‘यसर्थ पपुलिजम र एनार्कीजम यथास्थितिका पोषक हुन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
शंकर पोखरेल
काठमाडौँ