मधेस बजेट : शिक्षा तथा संस्कृति क्षेत्रमा दुई अर्ब ९० करोड
baahrakhari.com · Mon Jun 15 09:02:00 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले शिक्षा तथा संस्कृति क्षेत्रको विकासका निम्ति दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार (असार १) मधेस प्रदेशसभामा अर्थमन्त्री युवराज भट्टराईले आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
प्रदेश स्वयंले शिक्षक भर्ना गर्ने, डिजिटल तथा स्मार्ट बोर्ड, सामुदायिक विद्यालयको स्तरोन्नति, ईलाइब्रेरी र कम्प्युटर ल्याबका निम्ति पनि ‘आवश्यक’ बजेट विनियोजन गरिएको छ ।
मधेस प्रज्ञा–प्रतिष्ठानलाई सुविधासम्पन्न बनाउने घोषणा गरिएको छ । शिक्षा, भाषा र सीप विकास गर्ने मधेस सरकारको योजना छ ।
#सरकार
#बजेट
#मधेस प्रदेश
#युवराज भट्टराई
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)