रविलाई मैदान खाली छाडेर प्रचण्ड किन लागे सत्तापक्षतिर?
barnanmedia.com · Tue Jun 17 21:56:13 GMT 2025

अस्तिसम्म दुई ठूला दल मिलेर बनेको झण्डै दुई तिहाईको सरकारका विरुद्धमा नवोदित दल राष्ट्रिय स्वतन्त्र पार्टीसँगै नेकपा माओवादी केन्द्र पनि थियो । गृहमन्त्रीको राजीनामाका लागि रास्वपाले उठाएको माग कति जायज र परिपक्व थियो भन्ने बेग्लै बहस होला । तर, रास्वपाले त्यहाँ कुनै पदाधिकारीको राजीनामा मात्र मागेको थिएन । उसले मुद्दा उठाएको थियो । राज्य संयन्त्रमा विभिन्न गिरोहहरुको कब्जाविरुद्ध उसले बोलेको थियो । जब रास्वपा बोल्दै गयो, माओवादीका लागि त्यो असहज बन्दै गयो ।
रास्वपाले युवा जोस देखाइरहको थियो । तर, विपक्षी बेन्चमा उभिएका प्रचण्ड धेरैबेर टिक्न सकेनन् । उनलाई सत्तापक्षको कित्तामा जान हतार भइहाल्यो । उनले कुनै अर्थ नदिने गरी लेखिएको अल्छी कविको अमूर्त कविताजस्तो तमसुकमा हस्ताक्षर गरिहाले ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)