लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्र बनाइने
deshsanchar.com · Mon Jul 28 17:15:59 GMT 2025

लुम्बिनी – ‘दीगो विकासका लागि बौद्ध शिक्षा र कूटनीति’ विषयक दुई दिने अन्तरराष्ट्रिय गोष्ठी १५ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजना र साउथ एसिया फाउन्डेसन, भारतीय दूतावासको सहकार्यमा यहाँ भएको गोष्ठीमा नेपाल र भारतका कूटनीतिज्ञ, विश्वविद्यालयका पदाधिकारीलगायतको सहभागिता थियो।
गोष्ठीले बौद्ध दर्शनमा आधारित रही विश्वव्यापी शान्ति र कूटनीति विस्तारमा जोड दिएको छ भने लुम्बिनीलाई शान्ति अनुसन्धानको प्रमुख केन्द्रका रूपमा विकास गर्ने घोषणा गरेको छ। विश्वका सङ्कटग्रस्त संवेदनशील क्षेत्रमा संवाद र समस्या समाधानका लागि बौद्ध वातावरणीय कूटनीतिक केन्द्र स्थापना गर्नुपर्ने गोष्ठीले निष्कर्ष निकालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)