मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

barnanmedia.com · Tue Jun 17 22:05:32 GMT 2025

काठमाडौँ, ४ असारः आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ । ग्यास्ट्रोनोमी भन्नाले खाना पकाउने कला वा कुनै क्षेत्र विशेषको परिकार संस्कृतिलाई जनाउने भए पनि, दिगो ग्यास्ट्रोनोमी भनेको खाना तयार पार्दा प्रयोग हुने कच्चा पदार्थ कहाँबाट आएको हो, कसरी उत्पादन गरिएको हो, बजारसम्म कसरी आइपुग्छ भन्ने विषयलाई पनि ध्यानमा राख्ने प्रक्रिया हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् २०१६ मा जुन १८ लाई अन्तरराष्ट्रिय दिगो ग्यास्ट्रोनोमी दिवस घोषणा गरेको हो । यस दिवसको मुख्य उद्देश्य स्थानीय उत्पादन, मौसमी सामग्री र सांस्कृतिक खानपान परम्परालाई संरक्षण गर्नुका साथै वातावरणमैत्री र दीगो कृषि तथा खाद्य प्रणालीको प्रवर्द्धन गर्नु हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)