मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करोडपति बन्ने दौडमा छलीमाया

rajdhanidaily.com · Tue Jun 17 23:19:54 GMT 2025

लमजुङ । लमजुङमा कुनै दिन जंगलका न्युरो, सिस्नो, तरुल, गीठा, भ्याकुरलगायतका कन्दमूल खाएर दिन गुजारा गर्ने छलीमाया दुरा ऐले करोडपति बन्ने दौडमा छिन् । उनी यतिबेला मध्यनेपाल नगरपालिका–६ को भोर्लेटारस्थित केन्द्रजी गाउँ निवासी हुन् । छलीमाया नमुना किसान बनेर व्यावसायिक खेतीको काम गर्न थालेपछि उनको करोडपति बन्ने दौड सुरु भएको हो । उनी यतिबेला केन्द्रजी गाउँमा रहेको दुरा कृषि तथा पशु फमको प्रोपाइटरका साथ नमुना किसानका रूपमा सक्रिय छिन् ।

उनको जन्मथलो सोही नगरपालिका–७ तत्कालीन ईशानेश्वर गाविस–१ को पैह्रावन गाउँमा हो भने उनको मागी विवाह सोही नगरपालिका–१० तत्कालीन नेटा गाविस–१ को बर्धन गाउँमा भएको हो । २०५८ सालमा विवाह भएकी उनले ३ वर्षसम्म नराम्रोसँग बुहार्तन खेपेर सहन गर्नसक्ने स्थिति नभएपछि २०६० सालको बडादसैंमा टीका आउन तीन दिन बाँकी छँदा घरबाट विद्रोह गरी रित्तै निस्केको छलीमायाले बताइन् । उनले भनिन्, ‘घरबाट निस्कँदा श्रीमान्का साथमा आफ्नो र श्रीमान्का लगाउने कपडाबाहेक घरको सिन्को पनि नलिई निस्केर हिँडेकी थिएँ ।’

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)