मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत सेवा अवरुद्ध भएपछि स्थानीयद्वारा प्राधिकरण घेराऊ

rajdhanidaily.com · Tue Jun 17 23:32:51 GMT 2025

उदयपुर । अत्याधिक गर्मिको मौसममा अनियमित बिद्युत आपूर्ति भएको भन्दै स्थानीयबासीले नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटको कार्यालय मंगलवार घेराऊ गरेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केका स्थानीयबासीले तीन देखि बिद्युत नआएको भन्दै गाईघाटस्थित विद्युत प्राधिकरणको उदयपुर बितरण केन्द्रको कार्यालय घेराऊ गरेको हो । पछिल्लो समय पटक पटक विद्युत कटौती हुने, कहिले दिन भर त कहिले रात भर विद्युत नआउने समस्या भएपछि स्थानीय त्रियुगा नगरपालिका– ३ भुल्केका आक्रोशित स्थानीयबासीले विद्युत प्राधिकरण घेराऊ गरेका हुन ।

लगातार बत्ती कटौती गरेको भन्दै स्थानीयहरूले गाईघाटस्थित नेपाल विद्युत प्राधिकरण उदयपुर बितरण कार्यालयमा मङ्गलबार घेराऊ गर्दै कार्यालयको एमसिबी झारेका थिए । छिनछिनमा झ्याप्प झ्याप्प जाने र कहिलेकाहीँ दिन भरि नै नआउने गरेको भन्दै भुल्केका २ सय बढी उपभोक्ताले प्राधिकरणको वितरण केन्द्र गाईघाट घेराऊ गरेका हुन । घेराऊ गर्दा केन्द्र प्रमुख कार्यकक्षमा नदेखिएपछि स्थानीयले मिटर बक्सको एमसिबि झारेर पुरै कार्यालय भवनलाई केही बेर विद्युत बिहीन बनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)