मधेसका पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने
ratopati.com · Mon Jun 15 09:13:31 GMT 2026

जनकपुरधाम । जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाई, पर्साको पर्सा वन्यजन्तु आरक्ष, सप्तरीको छिन्नमस्ता, महोत्तरीको रौजा मजार तथा रौतहटको शिवनगरलाई जोडेर मधेस धार्मिक सर्किट निर्माण गरिने भएको छ ।
सोमबार मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले संसद्मा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने समेत अर्थमन्त्री भट्टराईले जानकारी दिए ।
त्यसैगरी लुम्बिनी, जनकपुरधाम र अयोध्यालाई जोड्दै क्रस बोर्डर टुरिज्मको विकास गरिने सरकारको योजना छ । विपद्को समयमा उद्धार तथा पुनर्स्थापनाका लागि प्रादेशिक विपद् पुनर्स्थापना कोष स्थापना गरिने भएको छ । प्राकृतिक तथा अन्य विपद्का बेला प्रभावकारी उद्धार र पुनर्स्थापना कार्यलाई व्यवस्थित बनाउन उक्त कोष स्थापना गर्ने नीति लिइने जनाइएको छ ।
यस्तै, प्रदेशमा शान्ति सुव्यवस्था कायम गर्न मधेस प्रहरी ऐन ल्याइने तथा मधेस प्रहरी भर्ना अभियान चलाइने भएको छ । प्रदेशको सुरक्षा व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गरिने सरकारको योजना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)