सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा अबद्ध, साढे एक अर्ब कोषले व्यवस्थापन गर्ने
baahrakhari.com · Mon Jul 28 17:35:05 GMT 2025

काठमाडौं । कर्मचारी सञ्चय कोष र सिद्धार्थ बैंक लिमिटेडबीच बैंकमा कार्यरत कर्मचारीहरूको सञ्चय कोष रकम व्यवस्थापन गर्नेबारे सम्झौता भएको छ । सम्झौता अनुसार, यसै आर्थिक वर्षदेखि बैंकमा कार्यरत सबै कर्मचारीको कोषकट्टी रकम नियमित रूपमा कर्मचारी सञ्चय कोषमा जम्मा हुनेछ ।
साथै, बैंकबाट कोषलाई हाल हस्तान्तरण गरिएको रकम एक अर्ब ५८ लाख ३० करोड १८ हजार २१७ रुपैयाँ २० पैसा रकम सञ्चय कोषले व्यवस्थापन गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)