एमाले सांसद बोल्दै गर्दा आशिका तामाङको नियमापत्ति– बेचेको प्रमाण छ ?
shilapatra.com · Mon Jun 15 09:15:10 GMT 2026

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि मन्त्रालयगत छलफल जारी छ । छलफलमा एमाले सांसद यशोदाकुमारी बरालले भाग लिएर बोल्दै गर्दा सांसद आशिका तामाङले नियमापत्ति गरिन् । तामाङले ‘बेचेको’ भन्ने शब्द प्रयोग गरेको भन्दै उनले नियमापत्ति गरेकी हुन् ।
सांसद बरालले सरकारले मधेश, कर्णाली र सुदूरपश्चिमको नाम बेचेर भोट ल्याए पनि अहिलेको बजेट त्यो अनुसार नआएको बताएकी थिइन् ।
तर, तामाङले नियमापत्ति गर्दै ‘कहाँ बेचेको, कसले बेचेको, के बेचेको ? तपाईंसँग यसको प्रमाण छ’ भन्दै प्रश्न गरेकी थिइन् । तर, सभामुखले बराललाई अघि बढ्न निर्देशन दिए ।
प्रकाशित मिति: सोमबार, असार १, २०८३
१५:००
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)