मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उखु किसानको सम्पूर्ण अनुदान रकम भुक्तानी

gorkhapatraonline.com · Tue Jan 02 00:43:20 GMT 2024

काठमाडौँ, पुस १७ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखु किसानले अनुदानबापत पाउने सम्पूर्ण रकम भुक्तानी गरेको छ ।

आर्थिक वर्ष २०७९/८० को बाँकी रहेको एक अर्ब ३२ करोड रुपियाँ भुक्तानी गरिसकेको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले किसानले पाउने उखुको अनुदान रकम कोलेनिकालाई पठाइसकेका छौँ, त्यहाँबाट किसानलाई वितरण पनि भइरहेको जानकारी प्राप्त भएको छ ।”

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)