मधेस बजेट : भौतिक पूर्वाधारमा १२ अर्ब एक करोड विनियोजन
baahrakhari.com · Mon Jun 15 09:21:45 GMT 2026

जनकपुरधाम । मधेस प्रदेश सरकारले भौतिक पूर्वाधार क्षेत्रको विकासका निम्ति १२ अर्ब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सोमबार (असार १) अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै भौतिक पूर्वाधार क्षेत्रमा १२ अर्ब एक करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन् ।
मधेस सरकारले अरू मन्त्रालयको तुलनामा तीन गुणा बढी बजेट यो क्षेत्रमा विनियोजन गरेको छ ।
प्रदेश सरकारको आफ्नै भवन बनाउन उच्च प्राथमिकता दिइने र जग्गा प्राप्तिका निम्ति संघीय सरकारसँग समन्वय गरिने बजेटमा उल्लेख छ ।
#बजेट
#मधेस प्रदेश
#भौतिक पूर्वाधार
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)