सरकारी जग्गा मिचेर व्यापार र होटल व्यवसाय; संरचना हटाउन हेटौँडा उपमहानगरको अल्टिमेटम
gorkhapatraonline.com · Fri May 22 13:57:31 GMT 2026

संघीय सरकारअन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवम् संरक्षण केन्द्र, हेटौँडाको नाममा रहेको जग्गा अतिक्रमणमा परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ५ मा रहेको केन्द्रको स्वामित्वको जग्गा केही व्यक्तिले वर्षौँदेखि अतिक्रमण गरी कब्जा जमाउँदै भोगचलन गर्दै आएकाले त्यसलाई हटाउने प्रक्रिया थालिएको छ ।
केन्द्रको जग्गा पाँच जना व्यक्तिले अतिक्रमण गरी संरचना बनाएर बसेको पाइएकाले ती संरचना हटाउन केन्द्रले शुक्रबार सार्वजनिक सूचना जारी गरेको छ । अतिक्रमण गरेर बनाइएका घर, टहरालगायतका संरचना हटाउन केन्द्रले प्रक्रिया सुरु गरेको यो तेस्रो पटक हो । यसअघि केन्द्रले विक्रम संवत २०८० भदौमा ३५ दिने र त्यसपछि १५ दिने सूचना जारी गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
बागमती प्रदेश