मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत
hamrakura.com · Fri May 22 00:00:00 GMT 2026
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। मङ्गलबार भएको मतदानमा मुख्यमन्त्री यादवको पक्षमा ६२ मत पर्यो भने विपक्षमा ३६ मत दर्ता भयो।
सत्ता साझेदार दल जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिएका हुन्।
यसअघि गत जेठ १ गते नै विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको थियो। तर सत्तारुढ नेपाली कांग्रेसभित्रै चुलिएको आन्तरिक असन्तुष्टि र ‘फ्लोर क्रस’ हुन सक्ने जोखिमका कारण अन्तिम समयमा आएर मुख्यमन्त्री यादव पछि हटेका थिए। आन्तरिक समीकरण मिलाएपछि मात्र उनले आज सदनबाट विश्वासको मत लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)
मधेस प्रदेश