मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

६ दिनमा १ सय ४६ विपद्का घटना

ratopati.com · Sun Apr 19 18:35:31 GMT 2026

काठमाडौँ । बितेका छ दिनमा देशभर कुल १ सय ४६ विपद्का घटना घटेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्मा परेर सात जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।

विपद्मा परेर ३७ जना घाइते भएका छन् भने १४५ घरपरिवार प्रभावित भएका छन् । छ दिनमा आगलागीका ९३, हुरीबतासका तीन, लेक लाग्ने दुई, डुङ्गा पल्टने एक, चट्याङ चार, सर्पदंश १२, भारी वर्षा दुई, डढेलो २०, जनावर आक्रमण सात, बाढीका दुई वटा घटना घटेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)